www.tandavnews.com
Fact ~ In search of truth

नवप्रभात मा.विमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत

पोखरा ।

पोखरा ९ नयाँबजारमा रहेको नवप्रभात मा.विले कक्षा ११ मा अध्ययनरत नवआगन्तुक विद्यार्थीलाई बुधबार एक कार्यक्रमका बिच स्वागत गरेको छ ।

विद्यालयले कक्षा ११ अन्र्तगत कानुन र ब्यवस्थापन बिषयमा यसै बर्षबाट अध्ययन अध्यापन कार्य सुरु गरेको हो । कानुन र ब्यवस्थापन बिषयमा बिभिन्न ठाँउबाट बिद्यालयमा आएका विद्यार्थीलाई स्वागत गरिएको हो ।

Batas

स्वागत कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमखु अतिथिको रुपमा रहेका पोखरा महानगर शिक्षा महाशाखाका विद्यालय निरिक्षक जीवन रेग्मीले नवप्रभात मा.वि पोखराको शैक्षिक गतिविधिमा अग्र पङ्तीमा रहेकोले संख्यात्मकसँगै गुणात्मक रुपमा पनि अगाडी बढ्न शुभकामना दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति दिपेन्द्र मर्सानीले नवप्रभात मा.विलाई पोखराको नमुना विद्यालयको रुपमा विकास गर्न आफुहरु दिनरात मेहनतमा जुटेकोले विद्यालयले प्रदान गर्ने शिक्षामा ढुक्क रहन विद्यार्थीलाई आश्वस्त पारे ।

प्रात संयोजक सूर्यबहादुर थापाले आफुले नवप्रभात मा.विका विद्यार्थी शैक्षिक र अतिरिक्त क्रियाकलापमा पोखरामै अग्र पंङतीमा रहने गरी कार्यक्रम अगाडी बढाउन दृढ भएर लागेको र विद्यार्थीलाई गुणस्तरिय शिक्षा प्रदान गर्नमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा कक्षा १० का सौरभ बमरेलले नवआगन्तुक विद्यार्थीका लागि स्वागत मन्तव्य राखेका थिए भने कक्षा ११ का नवआगन्तुक विद्यार्थीका तर्फबाट अमृता पौडेल, सुदिप खातीले धन्यवाद मन्तव्य राखेका थिए ।

विद्यालयका शिक्षक बिनप्रसाद पौडेलले सञ्चालन गरेको कार्यक्रममा कक्षा ९, १० र ११ का विद्यार्थीहरुले आफ्ना गीत, कविता, गजल, नृत्य लगाएतका प्रतिभाहरु प्रस्तुत गरेका थिए ।

विद्यालयले प्रात सत्रमा कक्षा ९, १० सञ्चालन गर्दे आएकोमा यसै वर्षबाट कक्षा ११ मा कानुन र व्यवस्थापन विषयको पढाईको पनि सुरुवात गरेको छ ।

असोजको दोस्रो साताबाट प्रात सत्रका कक्षाहरु नियमित रुपमा सञ्चालन हुदै आएको र कक्षा ११ मा कानुन र व्यवस्थापन संकायमा नवप्रभातमा विद्यार्थीको आकर्षण बढेको प्रात संयोजक सूर्यबहादुर थापाले जानकारी दिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.