www.tandavnews.com
Fact ~ In search of truth

कोरोना परीक्षणका लागि नयाँ प्रविधि नेपाल भित्र्याउँदै सरकार

काठमाडौं,
ताण्डव न्यूज ।

सरकारले कोरोना परीक्षणका लागिक्रिस्पर प्रविधि प्रयोगमा ल्याउने तयारी सुरु गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अमेरिकाको मसाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजी (एमआईटी) ले बनाएको पिसिआर परीक्षण गर्ने क्रिस्पर प्रविधि नेपालमा भित्र्याउने तयारी गरेको हो । मन्त्रालय, राष्ट्रिय जनस्वा स्थ्य प्रयोगशाला र नेपाल स्वास्थ्य अनुसन्धान परिषदको समन्वयमा पिसिआर परीक्षण गर्ने प्रविधि नेपाल भित्र्याउन लागेको हो ।

Batas

हिजो अमेरिकाको बोस्टन युनिभर्सिटीमा कार्यरत वरिष्ठ वैज्ञानिक दिग्विजय महतले पछिल्लो दुई सातादेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा यो प्रविधिको परीक्षण भइरहेको बताए ।

उनले क्रिस्पर टेक्नोलोजी एमआईटीका वैज्ञानिकहरुको कोरोना भाइरसको संक्रमण पुष्टि गर्नका लागि प्रयोग गरिने पिसिआर परीक्षण गर्नका लागि बनाएको भन्दै यसलाई अमेरिकाको खाद्य तथा औषधि व्यवस्था विभागले आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको बताउए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकै जनशक्तिलाई प्रयोग गरेर यस प्रविधिबारे परीक्षण गरिरहेको भन्दै महतले यो प्रविधि निकै सस्तो र विश्वसनीय रहेकाले नेपालका लागि निकै उपयोगी हुने दावी गरे ।

महतका अनुसार १० मिनेटमा ९० जनाको कोरोना परीक्षण गर्न सकिन्छ । हालसम्म ३ सय ६० जनाको कोरोना परीक्षण क्रिस्पर प्रविधिबाट गरिएको र त्यो ९८ दशमलव ३३ प्रतिशतसम्म सफल भएको महतले बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.