www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा पछिल्लो २४ घण्टामा ४२ संक्रमित निको भए, ३६ संक्रमित थपिए

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा आज ३६ संक्रमित थपिएका छन् । भने ४२ संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा १०५ जनाको परीक्षण गरिएकोमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

थपिएका संक्रमितमध्ये म्याग्दीका ३,बागलुङका ८,कास्कीका २३ र पर्वतका २ जना रहेका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ३७४ पुगेको छ । भने निको हुनेको संख्या १४ हजार ७१३ रहेको छ । हाल सम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणको कारण ज्यान जानेको संख्या २०३ रहेको छ ।

प्रदेशमा ५५८ जना सक्रिय संक्रमित रहेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.