www.tandavnews.com
Fact ~ In search of truth

कृषिमा वैदेशिक लगानी घातक :नेपाल डेरी एसोसियसन

पोखरा,
ताण्डव न्यूज ।

नेपालमा कृषि क्षेत्रमा वैदेशिक लगानी खुल्ला गर्दा नेपाली कृषकहरु मर्कामा परेको भन्दै नेपाल डेरी एसोसियसनले विरोध जनाएको छ ।

आज(बुधबार) पत्रकार सम्मेलन आयोजना गरी एसोसियसनले प्रत्यक्ष वैदेशिक लगानी खुल्ला हुँदा कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेको दावी गरेको छ ।

Batas

नीजि क्षेत्रको अर्बौको लगानी भएको अवस्थामा प्रमुख सरोकारवालासँग कुनै सर सल्लाह बिना राष्ट्र र किसानको हित विपरित अपारदर्शी रुपमा गरिएको निर्णयले राष्ट्रको अर्थतन्त्रमा गर्भीर दीर्घकालिन असर पर्ने नेपाल डेरी एसोसिएसन गण्डकी प्रदेश अध्यक्ष शिवहरि आचार्यले बताए ।

कृषिमा वैदेशिक लगानी ल्याउने निर्णयको नकरात्मक असर ग्रामिण रोजगारीमा पर्ने एसोसियसनको ठहर छ । कृषि पेशामा आवद्ध व्यवसायीलाई मजदुर बनाउने र त्यसको लाभ विदेशी लगानीकर्ताको हातमा गई स्वदेशी व्यवसायीहरुको उद्यमशीलता विकासमा कुठाराघात हुने आचार्यले उल्लेख गरे ।

किसानको हातमुख जोर्ने मुख्य आयआर्जनको बाटो समेत अवरुद्ध गरेर देश चरम गरीबी तर्फ धकेलिने काम नगर्न सरकारसमक्ष उनले आग्रह गरे ।

नेपाली उत्पादनले अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धी गर्न नसक्नुको मूल कारण नै पुरातन प्रविधि, सिमान्तकूत गरीन किसानसंग प्राविधिक ज्ञान र सीपको अभावले हुने उत्पादन लागत वृद्धि प्रमुख कारण रहेको उनको भनाई थियो ।

कृषिमा वैदेशिक लगानी भित्रिएमा परम्परागत शैलीमा उत्पादित कृषिजन्य कच्चा पदार्थको लागत महगो पर्ने भन्दै एसोसियसनका महासचिव प्रल्हाद दाहालले यहाँका स्थापित उद्योगले पनि अन्तराष्ट्रिय बजारमा निर्यात गर्ने वस्तुसंग प्रतिस्पर्धी बनाउन नसक्ने र त्ससपछि यो वा त्यो ढगले ती अन्तराष्ट्रिय उद्योगले खुल्ला सिमानाको फाइदा उठाई कच्चा पदार्थ समेत बाहिरबाट ल्याउनुपर्ने बाध्यता आउने बताए ।

जसले गदा उनीहरुको २५ प्रतिशत उत्पादनले पनि नेपाली उद्योग र उत्पादनलाई विस्थापित गर्ने उनको जिकिर थियो ।कृषिको प्राथामिक तहमा कुनै पनि शर्तमा वैदेशिक लगानी आउँदा ठूलो जनसंख्याको आयश्रोत गुम्ने खतरा भएकोले डेरी लगायत कृषिका प्राथामिव तहमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने निर्णय अविलम्ब फिर्ता लिन माग गरिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.