पोखरा ।
पोखराको एक वर्कसपमा आगलागी हुदाँ २ जना घाइते भएका छन् ।
पोखरा महानगरपालिका वडा नंं ९ नयाँबजारमा रहेको जाल्पादेवी अटो वर्कसपमा आगो लाग्दा सन्दिप खड्की र सुरज खड्की घाईते भएका छन् । मोटरसाइकल बनाउने क्रममा मोटरसाइकलको वायरिङ सर्ट भई मिस फायरिङ (प्लक सर्ट) हुँदा आगालागी भएको जनाइएको छ ।

सन्दीप खड्की गम्भीर घाइते भएका छन् । उनका दुवै खुट्टामा र शरिरको केही भाग आगोले जलेको छ। अर्का घाइते सुरजको हातमा आगोले पोलेको छ। उनको अवस्था सामान्य रहेको जनाइएको छ।
आगलागीबाट वर्कसपमा रहेको दुईवटा मोटरसाइकल र एउटा मोटरसाइकलको इन्जिन, ग्यारेजमा राखिएका मोटरसाइकल पार्टस, मोविल लगायतका मोटरसाइकल बनाउदाँ प्रयोग हुने सामाग्रीहरु पूर्ण रुपमा जलेर नष्ट भएका छन्।
आगलागीबाट १५–२० लाखको क्षति भएको सञ्चालक विनोद भण्डारीले जनाएका छन्।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.