www.tandavnews.com
Fact ~ In search of truth

पूर्वन्यायाधीश पाण्डेको निधनप्रति सर्वोच्च अदालतद्धारा दुःख व्यक्त

काठमाडौं ।

सर्वोच्च अदालतको आज बसेको आकस्मिक पूर्ण बैठकले पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधनप्रति दुःख व्यक्त गरेको छ ।

प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका न्यायाधीशको आज बसेको पूर्ण बैठकले स्व न्यायाधीश पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

Batas

सर्वोच्च अदालतका पूर्वन्यायाधीश पाण्डेको ८७ वर्षको उमेरमा सोमबार निधन भएको थियो । पाल्पाको तानसेन, धरमपानीमा १९९० साल फागुन ९ गते जन्मेका पाण्डेले २०५१ साल माघ १० गतेदेखि सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भएको र २०५२ साल चैत ७ गते स्थायी पदमा नियुक्त भएका थियो । उनको २०५५ साल फागुन ८ गते उमेरहदका कारण अवकाश भई सेवा निवृत्त भएका थिए ।

अन्तर्राष्ट्रिय देवानी र फौजदारी कानूनका क्षेत्रमा विशेष दखल राख्ने एक निर्भिक, अत्यन्त मिलनसार, मृदुभाषी र न्यायको ज्ञाता थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.