www.tandavnews.com
Fact ~ In search of truth

प्रचण्ड–नेपाल समूहको जुलुस शुरु

काठमाडौं ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत दाहाल–नेपाल नेतृत्वको नेकपाले बुधबार काठमाडौंमा विरोध प्रदर्शन सुरु गरेको छ । आन्दोलनको दोस्रो चरणका कार्यक्रम घोषणा गरेको नेकपाले विरोध जुलुससहित सभा आयोजना गर्दै छ ।

प्रचण्ड–नेपाल समूहले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सभा गर्न थालेको हो । विरोधसभा अघि राजधानीका विभिन्न स्थानबाट जुलुस निकालिएको छ । विभिन्न नारासहित त्रिपुरेश्वर, कालीमाटी, नयाँ बानेश्वर, माइतीघर, लैनचौर, बागबजार, मैतीदेवीलगायत विभिन्न स्थानबाट जुलुस निकालिएको छ ।

Batas

सभालाई अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

त्यसबाहेक केन्द्रीय सदस्य अञ्जना विशंखे, अमृता थापा, भानुभक्त जोशी, महफुज अन्सारी, रामकुमारी झॉक्री, रामचन्द्र झा, सन्तकुमार चौधरी स्थायी कमिटी सदस्यहरु जनार्दन शर्मा, देव गरुङ, रघुजी पन्तले सम्बोधन गर्ने भएका छन् । कार्यक्रमको अध्यक्षता केन्द्रीय सदस्य हितबहादुर तामाङ, स्वागत जीवनराम श्रेष्ठ र सञ्चालन स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले गर्दैछन् ।

प्रतिनिधिसभा विघटन भएसँगै त्यसको विरोधमा प्रचण्ड–नेपाल समूहले प्रदर्शन तथा सभा गर्दै आइरहेको छ । आज सभामा सहभागी हुन देशका विभिन्न स्थानबाट मानिस आएका छन् ।

यसअघि उक्त समूहले यही माघ ९ गते पनि राजधानीमा प्रदर्शन गरेको थियो । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.