www.tandavnews.com
Fact ~ In search of truth

रघुजी पन्तविरुद्ध कोमल वलीले हालिन् गाली बेइज्जती मुद्दा

काठमाडौं ।

काठमाडौँ जिल्ला अदालतमा सांसद कोमल वलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता रघुजी पन्तविरुद्ध इज्जतमा धक्का पु¥याएको जनाउँदै गाली बेइज्जती मुद्दा दायर गरेका छन् । अदालत पुगेर राष्ट्रियसभा सदस्य वलीले आज गाली बेइज्जतीविरुद्धको मुद्दा दिएका हुन।

वलीले दिएको फिरादपत्रमा नेता पन्तले आफ्नो व्यक्तिगत चरित्र हत्या गरेको उल्लेख छ । फिरादपत्रमा भनिएको छ, ‘मेरो इज्जतमा धक्का पु¥याउने नियतले वा धक्का पुग्न सक्छ भन्ने जानीजानी मेरो व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउने गरी गाली बेइज्जती र चरित्र हत्या भएको छ ।’

Batas

मुलुकी अपराधसंहिता, २०७४ को दफा ३०५ (१), (२) कसूरबमोजिमको सजायँका साथै विद्युतीय माध्यमबाट गरेको हुँदा थप एक वर्ष कैद र दश हजार जरिवानासमेत गरी हदैसम्मको सजायको माग नेकपा(एमाले)का नेता पन्तविरुद्ध गरिएको छ ।

कसूरको गम्भीरता र प्रतिष्ठामा पर्न गएको असर तथा विद्युतीय तथा अन्य आमसञ्चारमाध्यमबाट भएको बेइज्जती आदि विचार गरी मनासिब क्षतिपूर्ति तथा मुद्दामा लागेको खर्चसमेत विपक्षीबाट भराई पाऊँ भन्ने मागसमेत फिरादपत्रमा गरिएको छ ।

पूर्वमन्त्री पन्तले यही फागुन १५ गते राजनीतिक दलको कार्यक्रममा वलीप्रति लक्ष्य गर्दै उहाँले कसरी सांसद पद पाएको भन्ने अभिव्यक्ति दिएका थिए । एक अनलाइन पत्रिकामा भने पन्तले माफी मागिसकेका छन् । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.