पोखरा ।
एभरेष्ट बैंक लिमिटेडले १०२ औँ शाखा विस्तार गरेको छ ।
एभरेष्टले नयाँ शाखा उदयपुरको गाईघाटमा विस्तार गरेको हो । समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि सेवा विस्तार गरेको बैंकले जनाएको छ ।

एभरेष्ट बैंक लि। का नायव महाप्रबन्धक डा। सन्धिर कुमार र नेपाल उद्योग वाणिज्य संघ, गाईघातका अध्यक्ष गजेन्द्र भगतले संयुक्त रुपमा नयाँ शाखाको उद्घाटन गरे ।
उद्घाटन समारोहमा विश्वराज भट्टराई, वडा ११ त्रियुगा नगरपालिकाका अध्यक्ष भिम बहादुर दाहाल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक पूर्ण बहादुर श्रेष्ठ, एभरेष्ट बैंकका प्रदेश–१ का प्रादेशिक प्रबन्धक पुष्प राज उप्रेती र एभरेष्ट बैंकका मर्केटिङ्ग् प्रमुखका साथै अन्य स्थानीय तहका अधिकारिहरुको उपस्थिती रहेको थियो ।
उद्घाटन समारोहमा एभरेष्ट बैंकका नायव महा प्रबन्धक डा। सन्धिर कुमारले गाईघात क्षेत्रका बासिन्दाहरूलाई उच्च गुणस्तरको सम्पुर्ण अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन दिए।
स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०२ शाखा संजाल, प्रादेशिक कार्यालय , १३४ ATM बुथ सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र SMS बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.