www.tandavnews.com
Fact ~ In search of truth

छोराको जन्मोत्सवमा सहारा क्लबलाई सहयोग

पोखरा ।

सहारा क्लव हङकङका आजीवन सदस्य, संगम क्लव, एल.जी. एशोसियसन पोखराका सल्लाहकार हाल युके निवासी राजेन्द्र गुरुङले आफ्नो छोराको जन्मोत्सवको अवसरमा सहारा एकेडेमी सहित १९ औं संस्करणको आहा रारा गोल्ड कपको लागि सहयोग गरेका छन् ।

राजेन्द्रका छोरा रेगन गुरुङको १० औँ जन्मोत्सवको अवसरमा सहारा एकेडेमीमा सामुहिक भोजन सहित आहा रारा गोल्डकपका लागि नगद ३० हजार रुपैँया सहयोग गरेका हुन । क्लवका अध्यक्ष केशव बहादुर थापालाई क्लवका सल्लाहकार सुनिल गुरुङ सहितको टोलीले उक्त रकम सहयोग हस्तान्तरण गरेको महासचिव रामजी प्रसाद अधिकारीले बताए । कार्यक्रममा अर्थ समितिका सदस्य ओम बस्नेत, संगम क्लवका प्रकाश गुरुङ लगायतको सहभागिता रहेको थियो ।

Batas

खेलकुद प्रेमी गुरुङले निरन्तर सहारा क्लब पोखरा एवम् एकेडेमीलाई सहयोग गर्दै आइरहेका छन् । गुरुङले आफ्ना दाई तुलसी गुरुङका छोरा प्रशान्त गुरुङ मार्फत सहारा एकेडेमीमा छोराको जन्मोत्सव मनाएका हुन् ।

लालिगुराँस निवासी गुरुङ सहारा क्लबमा हुँदा कामको शिलशिलामा युके मै बसोबास गर्न पुगेका थिए । बिक्रम गुरुङको समन्वयमा एकेडेमीमा जन्मोत्सव मनाइ आहा रारा गोल्डकपका लागि आर्थिक सहयोग गरेका हुन । यस्तै पोखरा १० रामबजारका विकी गुरुङ (हाल हङकङ) ले जन्मदिनको अवसरमा सहारा एकेडेमी अक्षय कोषमा १५ हजार ५ सय ५५ रुपैँया सहयोग गरेका छन् । सहारा एकेडेमीमा १४ जिल्लाका २४ जना वालकहरु रहेका छन्।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.