www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जाः १३ वर्षीया बालिका बलात्कार गरी गर्भवती बनाउने भेलबहादुर थापा पक्राउ

पोखरा,
ताण्डव न्यूज ।

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जा प्रहरीले एक यूवकलाई पक्राउ गरेको छ ।

स्याङ्जाको हरिनास गाउँपालिका–७ का ३३ वर्षीय भेलबहादुर थापा पक्राउ परेको स्याङ्जा प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले जानकारी दिए ।

Batas

बोगटीले दिएको जानकारी अनुसार थापाले बालिकालाई जबरजस्ती करणी गरी गर्भवती समेत गराएको भनी उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले थापालाई पक्राउ गरेको हो ।

थापालाई जबरजस्ती करणी मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराइ थप अनुसन्धान गरिरहेको बोगटीले बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.