काठमाडौं
ताण्डव न्यूज ।
नेकपा एमाले का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको कुर्सि बचाउन संविधानको अपव्याख्या गरेको टिप्पणी गरेका छन्।
बुधबार सानेपामा आयोजित आफू पक्षीय भेलालाई सम्बोधन गर्दै उनले ओलीले विदेशीको सेवा गर्ने गरेको तर अरुलाई दोष दिने गरेको पनि बताए । नेता नेपालले अझैपनि आफूहरु एकता गरेरै अघि बढ्ने पक्षमा रहेको बताए ।

ओलीले आफैं बहुदलीय जनवाद हटाएर आफूहरुति प्रश्न गरेको भन्दै नेता नेपालले झुठको खेती झुटको खेती गरेको नेता नेपालको भनाई छ । नेपालले भने, ’एमाले हुने ओली मात्रै होइन,हामी पनि हो। ओली मात्रै एमाले होइनन्।’
उनले अदालतले जन्मेको बच्चालाई पेटभित्र फर्काउने काम गरेको टिप्पणी समेत गरे। “प्रथम अध्यक्ष कहिले भए उनीरु आधा–आधा कार्यकाल प्रधानमन्त्री हुने सम्झौता गरेको ओलीले गरेको हो। हामीले हो त्यो सम्झौता गरेको? दोषी ओली हो ।
हामीले विधानको पालना गर भन्नु गलत हो?’ नेपालले प्रश्न गरे।
नेता नेपाल बोलिसकेपछि पत्रकारहरुलाई हलबाट बाहिर निस्कन भनिएको छ । पत्रकारलाई बाहिर पठाएर भेलामा विशेष प्रस्ताव पेश गर्न लागिएको नेता नेपालले बताए ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.