पोखरा,
ताण्डव न्यूज ।
कोरोनाबाट संक्रमण हुनेको संख्या घटिरहेको अवस्थामा पछिल्लो समय भने लगातार बढ्न थालेको छ ।
गण्डकी प्रदेशमा आज ३८ जना संक्रमित थपिएका छन् । प्रदेशका कास्की , बागलुङ र म्याग्दीका गरि आज प्रदेशमा ३८ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ

।
आज कास्कीमा ३२, म्याग्दीका ५ र बागलुङका १ जनामा संक्रमढा पुष्टि भएको हो । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १६ हजार ४ सय ७ पुगेको छ । भने १५ हजार ९ सय ६९ संक्रमित निको भएको स्वास्थ्य निर्देशनाल गण्डकी प्रदेशको तथ्यांकमा उल्लेख गरिएको छ ।
आज १३ जना संक्रमित निको भएका छन् । निर्देशनालयको अनुसार हाल प्रदेशमा २३३ सक्रिय संक्रमित रहेका छन् । भने हालसम्म २०५ संक्रमितले ज्यान गुमाए ।
प्रदेशमा हालसम्म १लाख ३४ हजार ६०० कुल परीक्षण भएको छ ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.