www.tandavnews.com
Fact ~ In search of truth

प्रदूषणको शीर्ष स्थानबाट अझै तल झरेन नेपाल

काठमाडौं ।

केही दिन अघि देखि फैलिएको वायु प्रदूषण विस्तारै घट्दै गएको छ ।केही दिन पानी परेकोले वायु प्रदूषण कम हुँदै गएको वातावरण विभागले जनाएको छ ।

काठमाडौं पोखरासहित देशका अधिकांश भेगमा बढेको वायुप्रदुषणका कारण केही दिन दैनिकी प्रभावित भयो । नेपाल सरकारले प्रदुषणकै कारण देशभरका शैक्षिक संस्था पनि ४ दिन बन्द गर्यो । बन्द शैक्षिक संस्था आजबाट पुन सञ्चालनमा आएका छन् ।

Batas

विश्वकै सबैभन्दा धेरै प्रदूषण भएको सुचीमा रहेको नेपालको आकाश खुल्दै गएको छ । वायु प्रदूषण कम हुँदै गए पनि नेपाल विश्वभरको तुलनामा शीर्ष स्थानबाट भने तल झर्न सकेको छैन । अहिले पनि संसारकै सबैभन्दा धेरै प्रदूषणको सूचीमा नेपाल कायमै छ ।

विश्वभरको वायु प्रदूषण कम हुँदै जाँदा नेपालको पनि सुधार भएको तर शीर्ष स्थानमा कायमै देखिएको हो ।अहिले काठमाण्डौको हावाको गुणस्तर मापन गर्ने सूचक एक्यूआई २ सयको हाराहारीमा रहेको छ ।

२ सयभन्दा माथि एक्यूआई भएमा हानिकारक मानिन्छ । यस्तै धनगढी, सौराहालगायतका ठाउँको वायु प्रदूषण पनि सबैभन्दा धेरै देखिएको छ ।वायु प्रदूषण कम भए पनि अवस्था भने अस्वस्थ नै रहेकाले आवश्यक सावधानी अपनाउन वातारण विभागले आग्रह गरेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.