www.tandavnews.com
Fact ~ In search of truth

पर्यावरण जोगाउन मेयर साईकल दौड, वालिङका मेयर खाँड बने च्याम्पियन

पोखरा,
ताण्डव न्यूज ।

पोखरा महानगरपालिकाले वातावरणीय पर्यावरण संरक्षण गर्ने उद्देश्य सहित आयोजना गरेको प्रथम मेयर साईकल दौडमा वालिङ नगरपालिकाका मेयर दिलिप प्रताप खाँड च्याम्पियन बनेका छन् ।

पोखरा ६ हल्लनचोकबाट सुरु भएको ५ किलोमिटर दौड १५ मिनेट ३१ सेकेण्डमा पुरा गर्दै खाँड च्याम्पियन बनेका हुन् ।

Batas

सो प्रतियोगिताबाट कर्णाली प्रदेश हुम्लाको नाम्खा गाँउपालिका प्रमुख विष्णुबहादुर लामाले १५ मिनेट ३८ सेकेण्डमा निर्धारित दुरी पुरा गर्दै द्वित्तिय बने । भने माछापुच्छ्रे गाउँपालिका कास्कीका प्रमुख कर्ण बहादुर गुरुङले १६ मिनेट ४६ सेकेण्डमा निर्धारित दुरी पुरा गर्दै तृतीय बने ।

उक्त दौड प्रतियोगिताबाट प्रथम, द्वित्तिय र तृतीय बनेका मेयरहरुले क्रमश सम्मानपत्र, दोसल्ला सहित १०, ८ र ७ तोलाको चाँदीको पदक प्राप्त गरे । उनीहरुलाई पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसी, प्रमुख प्रशासकीय अधिकृत महेश बराल लगायतले पुरस्कार वितरण गरे । विभिन्न जिल्लाका नगरपालिका र गाँउपालिकाका प्रमुख गरी कुल ९ जना प्रमुखहरुको सहभागिता रहेको थियो ।

सागमा पदक विजेता खेलाडीलाई पोखरा महानगरको सम्मान

सोही कार्यक्रमका बिच पोखरा महानगरपालिकाले १३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा पदक विजेता खेलाडीहरुलाई सम्मान गरिएको छ । मेयर साइकल दौड प्रतियोगिताको समापन कार्यक्रममा साईकिलिस्ट रजत विजेता जमुना थापालाई नगद १ लाख नगद सहित सम्मानपत्र र दोसल्लाद्वारा सम्मान गरिएको हो ।

थापा सँथै १३ औँ सागमा साईकल प्रतियोगितामा पदक विजेता निमा श्रेष्ठा ,नमुना थापा, राजेश मगर, उषा खनाललाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सोही क्रममा पोखरेली अग्रज साईकिलिस्टहरु लोकबहादुर थापा, बसन्त सुवल, चिजबाहदुर गुरुङ, इन्द्र नेपाली, खिमबहादुर थापा, भरतबहादुर कार्की, निरज थापा, यादवचन्द्र भुर्तेल, आलोक गुरुङ, मोहनसिंह लालचन, तुलसीकुमार श्रेष्ठ, श्यामकृष्ण श्रेष्ठ र रामनारायण श्रेष्ठलाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

यसअघि पोखरा महानगरपालिकाले (मंगलबार) हिजो मात्रै राष्ट्रिय मयेर सम्मेलन समेत सम्पन्न गरेको थियो । सो सम्मेलनमा पोखरा महानगरका प्रमुख मान बहादुर जिसीले कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.