www.tandavnews.com
Fact ~ In search of truth

कोभिड नेपालः आज ३२६ कोरोना संक्रमित थपिए, २५५ जना निको

काठमाडौं

पछिल्लो २४ घण्टामा मुलुकमा ३२६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४९८ नमुना गर्दा ती संक्रमित थपिएका हुन् ।

सोमबार देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५ पुगेको छ । सोही अवधिमा थप २ जनाको कोरोना संक्रमण मृत्यु भएको छ भने २५५ जना निको भएका छन् । आज सोलुखुम्बु, मनाङ, मुस्ताङ, रसुवा, हुम्ला, मुगु र बाजुरामा आज संक्रमण पुष्टि भएको छैन । सुनसरी, कास्की, बाँके र कैलालीमा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि छ । ३ लाख ४४ हजार जनाले पछिल्लो २४ घण्टामा कोभिडविरुद्ध खोप लगाएका छन् ।

Batas

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख २८ हजार ९८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेन परीक्षणबाट ९६ हजार २४५ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म ८ लाख १२ हजार ४१९ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५९६ पुगेको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.