www.tandavnews.com
Fact ~ In search of truth

मन्त्रालयको चेतावनीः ‘संक्रमण चक्र रोक्न नसके भारतको जस्तो हृदय विदारक अवस्था नआउँला भन्न सकिन्न’

पोखरा,
ताण्डव न्यूज ।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमणले भयावह अवस्था सिर्जना भएको छ । यसको प्रभाव नेपालमा पनि परेको छ । पछिल्लो समय नेपालमा पनि हरेक संक्रमणको रेसियो उकालो लागिरहेको छ ।

भारतमा संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालमा शैय्या अभाव हुदाँ अस्पतालमा राखेर हेरचाह गर्न नसएिको हृदयविदारक समाचार र दृश्यहरु सार्वजनिक भईरहेको छ ।

Batas

यस्तो अवस्थामा कोरोना संक्रमण समयमै नियन्त्रण गर्न नसके नेपालमा पनि भारतको जस्तो हृदयविदारक अवस्था नेपालमा पनि आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चेतावनी दिएको छ ।

मन्त्रालयले अहिलेकै रेसियोमा कोरोनाबाट संक्रमित हुनेको संख्या बढ्दै गए केही दिनमै देशका अस्पतालमा बिरामी राख्ने ठाउँसमेत नहुने चेतावनी दिएको छ ।

मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गर्दै समयमै संक्रमणको चक्र रोक्न नसके केही दिनमा अस्पतालमा बिरामी राख्ने ठाउँ नहुने चेतावनी दिएको हो ।

संक्रमण सबै वर्ग र उमेर समूहका लागि अत्यन्त जोखिमपूर्ण रहेको छ । संक्रमण रोकथामका लागि सरकारले तोकेका मापदण्डहरु मात्रै निर्विकल्प उपाय रहेको मन्त्रालयको भनाई छ ।

सबैले सामाजिक उत्तरदायित्व निर्वाह गरी संवेदनशी बन्न, सार्वजनिक समारोहहरु र सार्वजनिक स्थलमा भिडभाड तथा कार्यक्रमहरु नगर्न नगराउन मन्त्रालयले अनुरोध गरेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.