www.tandavnews.com
Fact ~ In search of truth

संक्रमण रोगथाम र नियन्त्रणको लागि कास्की प्रशासनद्धारा अनुगमन तिब्र

पोखरा ।
कास्की प्रशासनले कोभिड–१९ को रोगथाम र नियन्त्रणको लागि सचेतना एवम् अनुगमनलाई तिब्र बनाएको छ ।

पोखरा बजारमा दिनानुदिन संङ्क्रमितको संख्या बढ्दै गएपछि प्रशासनले सार्वजनिक स्थानमा सुरक्षा मापदण्ड अपनाउन सर्वसाधारणलाई सचेत गराउनुका साथै बिभिन्न समारोह हुने पार्टी प्यालेसहरुमा अनुगमन बढाएको हो ।

प्रशासनले आज कास्की पोखराका अधिकतम भिडभाड हुने ठाउँहरु चिप्लेढुङगा, अमरसिह चोक र पृथ्वीचोकमा माक्स नलगाउने व्यक्तिलाई एक घण्टा नियन्त्रणमा लिई कोरोना भाइरबाट बच्न अप्नाउनु पर्ने स्वास्थ्य मापदण्ड लगायतमा जानकारी दिइएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।

Batas

उनका अनुसार अनुगमनका क्रममा आज माक्स नलगाउने एक हजार ७८ जनालाई नियन्त्रणमा लिइ कोरोना सचेतनाबारे प्रशिक्षण दिइएको छ । उक्त अवसरमा सामुदायिक प्रहरीको सकृयतामा माक्स समेत वितरण गरिएको थियो ।

प्रशासनले पोखराका बिभिन्न पाँचवटा पार्टी प्यालेसमा पनि अनुगमन गरेको छ । कोरोना सङ्क्रमणको दर बडिरहेका अवस्थामा प्रत्येक नागरिक आ–आप्mनो ठाउँमा सतर्क बन्दै स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्दै प्रजिअ गौतमले प्रशासनले अनुगमनको कामलाई निरन्तर अघि बढाउने उल्लेख गरे ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.