www.tandavnews.com
Fact ~ In search of truth

पोखराका २ सहित गण्डकीमा आज एकै दिन ४ संक्रमितको ज्यान गयो

पोखरा ,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा थप ४ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा पोखराका २ म्याग्दीका १ र स्याङ्जाका एक संक्रमित रहेका छन् ।

मेडिप्लस अस्पताल मा उपचाररत पोखरा महानगरपालिका वडा नम्बर २५ का ९१ वर्षीय वृद्धको आज बिहान ५ बजेर ४९ मिनेटको समयमा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । उनमा बैशान ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

Batas

यस्तै सोही अस्पतालमा उपचाररत अर्का संक्रमित पोखरा १ की ५५ वर्षीया महिलाको आज दिउँसो मृत्यु भएको छ । उनको दिउँसो करिब १ बजेतिर मृत्यु भएको हो । उनमा वैशान ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

आजै मणिपाल शिक्षण अस्पतालमा उपचाररत म्याग्दीका संक्रमितको पनि ज्यान गएको छ । म्याग्दी रघुगंगा गाउँपालिका ३ का ७८ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान सवा ३ बजेको समयमा मृत्यु भएको हो । उनमा हिजो मात्रै (वैशाख १२ गते)कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै स्याङजा जिल्ला वालिङ नगरपालिका १२ का ५८ वर्षीय कोरोना संक्रमित पुरुषको आजै मृत्यु भएको छ ।
उनको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारको क्रममा निधन भएको हो । उनमा बैशाख ११ गते कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

यो सँगै गण्डकी प्रदेशमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ सय १५ पुगेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.