www.tandavnews.com
Fact ~ In search of truth

कास्कीका ३६८ सहित गण्डकीमा आज एकै दिन थपिए ५७० संक्रमित

पोखरा,
ताण्डव न्यूज

आज कास्कीमा एकै दिन (यो समाचार तयार पार्दा सम्म)३६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीमा थपिएका संक्रमित सहित गण्डकीमा ५७० जना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

निर्देशनालयको अनुसार गण्डकीका अन्य जिल्लाहरु बागलुङका ४, लमजुङका ८, पर्वतका ३, स्याङ्जाका १०४,तनहुँका १४,नवलपरासी पूर्वका २९,मुस्ताङका १३,म्याग्दीका २३ र मनाङका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या १९ हजार २ सय २१ पुगेको निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

पछिल्लो २४ घण्टामा कास्कीका ५ सहित गण्डकी प्रदेशमा ८ संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै प्रदेशमा कोरोनाबाट ज्यान जानेको संख्या २३१ पुगेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.