www.tandavnews.com
Fact ~ In search of truth

प्राथमिकताभन्दा पहिले खोप लगाउने जर्मनीका मेयर बनार्ड वाइगान्ड परे निलम्बनमा

बर्लिन ।

प्राथमिकता समूहमा नभएको भए पनि जनवरीमा कोरोनाभाइरस खोप लगाएको पुष्टि भएपछि जर्मनीका एक मेयरलाई उनको नगर काउन्सिलले निलम्बन गरेको छ।

जर्मनीको मध्य शहर हेलेका मेयर बनार्ड वाइगान्डलाई अस्थायी रूपमा निलम्बन गर्न नगरका ३४ परिषद् सदस्यहरूले मतदान गरेपछि उनी जिम्मेवारीबाट अनिश्चि कालका लागि निलम्बित भएका हुन्।

Batas

६४ वर्षीय वार्यगान्डले यसअघि नै जनवरीमा आफूले खोप लिएको स्वीकारेका थिए।। उक्त समयमा समुदायका जेष्ठ सदस्यहरूलाई खोप दिने क्रममा उनले पनि खोप लगाएका थिए।

अन्य सहरका कर्मचारी र धेरै परिषद् सदस्यहरूले पनि उनीहरूको पालो आउनुभन्दा पहिले खोप लिएका थिए। उनीहरूलाई पनि कारबाही गरिने स्थानीय प्रशासनले जनाएको छ।

निलम्बनमा परेका नगर प्रमुखले आफूले अवैध वा अनैतिक काम नगरेका तर खोपको अत्यधिक मात्रा खेर जानबाट जोगाउन आफूलगायत केही व्यक्तिले खोप लगाएको बताए।

अहिले आएर मेरो निर्णयको आलोचना गर्न सजिलो छ। तर यो कुनै पनि हिसाबले अवैधानिक थिएन, उनले भनेका थिए,‘मेरा विरोधीहरूले मेरो राजनीतिक भविष्यमाथि दाग लगाउन उक्त आरोप लगाएका हुन्।’ रासस/एएफपी

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.