www.tandavnews.com
Fact ~ In search of truth

न्याय परिषद्का सदस्य लक्ष्मीबहादुर निरालाको कोरोनाबाट निधन

काठमाडौं ।

न्याय परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको ७७ वर्षको उमेरमा निधन भएको छ ।

पूर्वमहान्यायाधविक्तासमेत रहिसकेका खड्कालाई कोभिड–१९ को संक्रमण भएपछि सशस्त्र प्रहरी अस्पतात, बलम्बुमा उपचारका लागि यही वैशाख १० गते भर्ना गरिएको थियो । कोरोना सङ्क्रमणकै कारण उनको निधन भएको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

Batas

जनकपुरमा जन्म भई काठमाडौँको गौरीघाट निवासी खड्काको कानून र न्यायका क्षेत्रमा ठूलो योगदान रहेको छ । सोही योगदानकै कारण कानून व्यवसायीका तर्फबाट उहाँ २०७६ पुसमा न्याय परिषद् भएका थिए । रासस
–––

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.