www.tandavnews.com
Fact ~ In search of truth

ओखलढुंगाः कोरोना संक्रमणबाट कांग्रेस नेता पृथ्वी बहादुर कार्कीको निधन

ओखलढुंगा ।

कोरोना संक्रमणबाट नेपाली कांग्रेस ओखलढुंगाका पूर्वजिल्ला सभापति पृथ्वीबहादुर कार्कीको निधन भएको छ । कोभिड– १९ बाट संक्रमित भई काठमाडौँको ह्याम्स अस्पतालमा उपचाररत कार्कीको सोमबार ७८ वर्षका उमेरमा निधन भएको हो ।

एक दशकअघि जिल्लामा कांग्रेसको नेतृत्व गरेका कार्कीले २०१८ सालमा कांग्रेसमा आबद्ध भई राजनीतिक यात्रा शुरु गरेका थिए । उनले प्रतिबन्धित कालमा पटकपटक कारागार जीवन बिताउनाका साथै प्रजातन्त्र प्राप्तिका विभिन्न आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

Batas

यसैबीच कार्कीको निधनप्रति ओखलढुंगा कांग्रेसले शोक व्यक्त गरेको छ । पार्टी सभापति प्रदीपकुमार सुनुवारद्वारा जारी गरिएको वक्तव्यमा ओखलढुंगाले प्रजातान्त्रिक आन्दोलनका एक विशिष्ट योद्धा गुमाएको बताइएको छ ।

कार्कीको निधनले ओखलढुंगा कांग्रेसमा अपूरणीय क्षति भएको जनाउँदै सात दिनसम्म पार्टीको आधा झण्डा झुकाउने र पाँच दिनसम्म कुनै औपचारिक कार्यक्रम नगर्ने कांग्रेस ओखलढुंगाले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.