www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी अपडेटः पोखराका २९८ सहित आज थपिए ६५३ संक्रमित,१३ जनाको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ६५३ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्यांक अनुसार १ हजार १ सय ३३ जनामा गरेको परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् ।

Batas

थपिएका संक्रमित मध्ये आज पनि कास्की जिल्लाका धेरै जना रहेका छन्।संक्रमित हुनेमा कास्कीका २९८ जना रहेका छन् । अन्य जिल्लाहरु लमजुङका ३७,गोरखाका २२, तनहुँका २२, स्याङ्जाका १५, मुस्ताङका १,पर्वतका ५०, बागलुङका ५८, म्याग्दीका ६३,मनाङका १ र नवलपरासी पूर्व ८६ जना रहेका छन् ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २३ हजार ८ सय ८२ पुगेको छ ।आज ३०८ जना संक्रमित निको भएका छन् । यो संख्यासँगै संक्रमणबाट सन्चो हुनेको संख्या १८ हजार ७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३ संक्रमितले ज्यान गुमाएका छन् । प्रदेशमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७६ पुगेको छ ।
हाल प्रदेशमा ५ हजार ५ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५ हजार ४ सय ९६ जना होमआइसोलेसनमा रहेका छन् ।

हाल सम्म गण्डकी प्रदेशमा १ लाख ५५ हजार २ सय २७ जनाको पीसीआर परीक्षण भएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.