www.tandavnews.com
Fact ~ In search of truth

चिनबाट ल्याईयो अक्सीजनका ४ सय सिलिण्डर

काठमाडौं,
ताण्डव न्यूज ।

चिनबाट ४ सयवटा अक्सीजन शिलिण्डर नेपाल ल्याईएको छ ।

अनुदानमा चिनले उपलब्ध गराउने भनिएका २० हजार अक्सिजन सिलिन्डरमध्ये ४ सय वटा आज ल्याईएको हो । सिलिन्डर लिन गएको नेपाल एअरलाईन्सको जहाजमार्फत ती सिलिण्डर ल्याईएको हो । जहाजमा ४ सय वटा सिलिन्डर, १६० वटा अक्सिजन कन्सर्नट्रेटर, १० थान भेन्टिलेटर गरि करिव ३० टन सामान ल्याईएको छ ।

Batas

नेपाल एयरलाइन्सका महाप्रवन्धक डीम प्रकाश पौडेलले अरु थप सामान ल्याउनका लागि पनि नेपाल एयरलाइन्सको जहाज तयारी हालतमा रहने जानकारी दिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.