www.tandavnews.com
Fact ~ In search of truth

बाँकेमा थप ११ संक्रमितको मृत्यु

बाँके ।

बाँकेका बिभिन्न अस्पतालमा भर्ना भएका थप ११ संक्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा छ र शिक्षण अस्पताल कोहलपुरमा पाँच गरी ११ को उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार भेरी अस्पताल नेपालगञ्जमा उपचाररत गुलरिया नगरपालिका–९ बर्दिया निवासी ४७ वर्षीया महिला, वनगाडकुपिण्डे नगरपालिका सल्यान निवासी ५० वर्षीय पुरुष, नेपालगञ्ज उपमहानगरपालिका–५ निवासी ४४ वर्षीय पुरुष, नेपालगञ्ज–१६ निवासी ४९ वर्षीया महिला, बर्दिया मधुवन नगरपालिका–६ निवासी ५५ वर्षीय पुरुष र बढैयाताल गाउँपालिका बर्दिया निवासी ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

Batas

यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत कैलाली घोडाघोडी नगरपालिका–१ निवासी ६० वर्षीय पुरुष, कोहलपुर नगरपालिका–२ निवासी ३० वर्षीया महिला, कोहलपुर–१० निवासी ४५ वर्षीया महिला, कोहलपुर–११ निवासी ४१ वर्षीय पुरुष र कोहलपुर–१४ निवासी ६४ वर्षीया महिलाको पनि गए राति मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्दका स्रोत व्यक्ति वलीले जानकारी दिए ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या जिल्लाभित्रका २०४ र बाहिरी जिल्लाबाट उपचार गराउन आएका १५७ गरी ३६१ जना पुगेको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.