www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी:आज एकै दिन २८ संक्रमितको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा आज हालसम्मै धेरै संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्यांक अनुसार आज प्रदेशमा २८ संक्रमितले ज्यान गुमाएका छन् ।
जसमध्ये पोखरा महानगरका ६ जना संक्रमितको ज्यान गएको छ ।

Batas

ज्यान गुमाउनेमा रुपन्देहीका १, मुस्ताङका १,तनहुँका ३, स्याङ्जाका ७,बागलुङका २,गोरखाका १,लमजुङका २,दाङका १, नवलपुरका २,म्याग्दीका १ र काठमाडौंका एक जना रहेको निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

यो सँगै गण्डकी प्रदेशमा उपचारका क्रममा प्रदेश भित्र ज्यान गुमाउनेको संख्या ३८३ पुगेको छ । भने पोखरामा मात्रै आज मृत्यु भएकासँगै हालसम्म १२९ जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेको संख्यामा गण्डकी प्रदेशका संक्रमित र  प्रदेश बाहिरका संक्रमित जो गण्डकी प्रदेश अन्तर्गतका अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएकाहरु पनि समावेश गरिएको छ ।

 

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.