www.tandavnews.com
Fact ~ In search of truth

बजेट ल्याउने प्रक्रियामा सरकार असंवैधानिक बाटोमा हिँडेको प्रतिपक्षी दलको आरोप

काठमाण्डौँ
ताण्डव न्यूज ।

प्रतिपक्षि दल नेपाली काँग्रेस र माओवादी केन्द्रले बजेट ल्याउने प्रक्रियामा सरकार संविधान विपरित हिँडेको आरोप लगाएका छन् । उनीहरूले अध्यादेशमार्फत् बजेट ल्याउने तयारी सरकारले गरिरहेको आरोप लगाएका छन् । संविधानले जेठ १५ गते बजेट प्रस्तुत गरिसक्नु पर्ने र त्यसको १५ दिनअघि नै बजेट पुर्वको छलफल सकिसक्नुपर्ने व्यवस्था गरेको छ ।

तर, जेठ ३ गते भइसक्दा पनि संसद बैठक आह्वान नगर्नुले सरकार संसद नै भङ्ग गरेर अध्यादेशमार्फत् बजेट ल्याउने तयारीमा लागेको हो कि भन्ने लागेको काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले बताए । माओवादी केन्द्रले पनि छिटो संसद बैठक आह्वान गरेर प्रक्रिया अनुसार नै बजेट ल्याउन सरकारलाई आग्रह गरेको छ ।

Batas

सञ्चारकर्मीसंग कुरा गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक देब गुरुङ्ले सरकार संविधान र कानुन विपरित हिँड्न लागेको आरोप लगाए । तर, नेकपा एमालेले भने सरकारले समयमा नै बजेट ल्याउने तयारी गरिरहेको दावी गर्दै संविधान विपरित नजाने बताएको छ । प्रमुख सचेतक विशाल भट्राइले कानुन, संविधान अनुसार नै बजेट आउने बताए । संघीय संसद सचिवालयले भने दलिय सहमति अनुसार अब बाँकी रहेको समयअवधिभित्रमा प्रक्रिया अनुसार नै नीति तथा कार्यक्रम र बजेट ल्याउने गरि व्यवस्था गर्ने तयारी गरेको छ ।

सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले छोटो प्रक्रियाबाट संसद बैठकको प्रक्रिया अगाडी बढाउने तयारी गरिरहेको जानकारी दिए । अर्थमन्त्रालयले पनि बजेट निर्माण भइसकेको जनाएको छ । तर, संसद बैठक नबस्दा बजेट प्रस्तुत हुने कार्यतालिका भने प्रभावित हुने देखिएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.