www.tandavnews.com
Fact ~ In search of truth

वीरगञ्ज: ९ र ७ वर्षीय दुई दाजुभाई घाँटी रेटिएको अवस्थामा मृत भेटिए

वीरगञ्ज ।
ताण्डव न्यूज ।

घाँटी रेटेर हत्या गरिएको अवस्थामा ९ र ७ वर्षका दुई दाजुभाईको शव फेला परेको छ ।

बारा जिल्लाको कलैया–७ बस्ने अब्दुर रसारका ९ वर्षीय र ७ वर्षीय छोराको शव फेला परेको हो।गएको सोमवार साँझदेखि बेपत्ता दुबै सहोदर दाजुभाइ हुन्। बाराको रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा आज विहान उनीहरुको शव भेटिएको बारा प्रहरीका प्रवक्ता डिएसपी गौत्तम मिश्रले जानकारी दिएका छन् ।

Batas

दुई बालकका बुवा रसार वैदेशिक रोजगारीमा छन्। घटनास्थल शिल गरी प्रहरीले अनुसन्धान गरिरहेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बारा प्रहरीले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.