www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः संक्रमितको संख्या ३० हजार पुग्यो, ९५९ संक्रमित थपिदाँ ४२९ जना निको भए

आज कास्कीका ४१७ जनामा संक्रमण

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा आज ९५९ जना संक्रमित थपिएका छन् ।

१ हजार ६ सय ३५ जनामा गरिएको परिक्षणमा ९५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

पि.सि.आर परीक्षणबाट ८ सय ८९ र एन्टिजेन परीक्षणको क्रममा ७० जनामा कोरोना पोजेटिभ देखिएको हो ।

संक्रमण देखिनेमा कास्कीका ४१७,बागलुङका १२३,तनहुँका ११२,स्याङजाका ८६,नवलपरासीका ७६पर्वतका ७४,गोरखाका ३५,म्याग्दीका २७,लमजुङका ८ र मुस्ताङका १ जना रहेका छन् ।

यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३० हजार पुगेको छ ।आज गण्डकी प्रदेशभर ४ सय २९ जना संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या २० हजार ३ सय ९८ पुगेको छ ।

प्रदेशमा ९ हजार १८० सक्रिय संक्रमित मध्ये ८ हजार ९०९ जना होम आइसोलेसनमा रहेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.