www.tandavnews.com
Fact ~ In search of truth

पोखराका ७ सहित गण्डकीमा २२ संक्रमितको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा पछिल्लो अपडेट अनुसार  २२ संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार कास्कीका ७ सहित प्रदेशभर २१ संक्रमितले ज्यान गुमाएका हुन् ।
पोखरा महानगरपालिका १३ की ६३ वर्षीया महिला र सोही वडाका ७८ वषीय पुरुगाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको छ ।

Batas

यस्तै पोखरा १७ का ५७ वर्षीय संक्रमित पुरुष र पोखरा महानगरपालिका १२ का ७१ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा ज्यान गएको हो । भने पोखरा महानगर वडा १२ का ७९ वर्षीय पुरुषको हामे आइसोलेसनमा रहेकै अवस्थामा ज्यान गएको निर्देशनालयले जानकारी दिएको छ ।

यस्तै निर्देशनालयको अनुसार पोखरा १३ का ५८ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पताल र सोही वडाका ७८ वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै स्याङ्जा गल्याङ ५ का ८१ वर्षीय पुरुष, स्याङ्जा कालिगण्डकी गाउँपालिका २ का ९० वर्षीय पुरुष,पुतलीबजार नगरपालिका २ का ५० वर्षीय पुरुक्ष, चापाकोट नगरपालिका ६ का ६० वर्षीय पुरुष गरि स्याङ्जाका ४ संक्रमितको उपचारको क्रममा ज्यान गयो ।

ज्यान गुमाउनेमा बागलुङ जिल्लाका २ संक्रमित रहेका छन् । बागलुङ ढोरपाटन १ का ३८ वर्षीय पुरुष र गल्कोट ६ का ७० वर्षीय पुरुषको पोखरामा उपचारको क्रममा ज्यान गएको हो ।

पोखरामै उपचाररत तनहुँ व्यास नगरपालिका १३ का ८० वर्षीय वृद्धको पनि मृत्यु भएको छ ।
नवलपरासीका ५ संक्रमितले ज्यान गुमाए । ज्यान गुमाउनेमा नवलपरासी पूर्व कावासोती १३ की ४६ वर्षीय महिला र ६१ वर्षीय पुरुष, गैडाकोट २ का ७३ वर्षीय पुरुष , गैडाकोट १२ की ५२ वर्षीय पुरुष र विनयत्रिवेणी गाउँपालिका २ की ४७ वर्षीय महिला रहेकी छिन् ।

यस्तै गोरखा आरुघाट ५ का ८३ वर्षीय संक्रीमत पुरुष र शहिद लखन गाउँपालिका ६ का ४४ वर्षीय पुरुष र सोही गाउँ वडा ७ का ६४ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

यो सँगै प्रदेशमा ज्यान गुमाउनेको संख्या ४७३ पुगेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.