www.tandavnews.com
Fact ~ In search of truth

हेटौँडामा संक्रमितका घरघरमै अक्सिजन सिलिण्डर

हेटौँडा ।

वाग्मती प्रदेशको राजधानी हेटौँडामा मकवानपुर उद्योग वाणिज्य संघमा सचिवालय स्थापना गरिएको कोभिड ‘हेल्प डेस्क’ले आवश्यकताअनुसार कोभिड– १९ संक्रमितका घरघरमै अक्सिजन सिलिण्डर पठाउन थालेको छ ।

अक्सिजन सिलिण्डर मनहरीका लागि तीन, बस्तीपुरमा एक, बकैयाका लागि पाँच, कर्राका एक र कान्तिराजपथका लागि एक थान कोभिड–१९ संक्रमित बिरामीको घरघरका लागि पठाइएको सचिवालय संयोजक कृष्णकुमार गुप्ताले जानकारी दिए ।

Batas

संघको व्यवस्थापनमा स्थापना भएको कोभिड हेल्प डेस्कले जिल्लाका विभिन्न स्थानका कोभिड–१९ संक्रमितलाई उपचारमा सहजीकरण गर्दै आएको छ । कोभिड–१९ संक्रमित भई घरमै हाल आईसोलेशनमा बसेका बिरामीलाई माग र आवश्यकताका आधारमा घरघरमै अक्सिजन सिलिण्डर पठाउन थालिएको गुप्ताले जानकारी दिए ।

कोभिड हेल्प डेस्क मकवानपुरको टोलीले संक्रमितको मनोबल बढाउने, आवश्यक्ता पर्दा फोन सम्पर्क गर्न आग्रह गर्दै र यथोथिच सहयोग गर्ने आश्वासनका लागि सङ्क्रमितको घरमै गई स्वास्थ्यवद्धर्क च्यावनप्रास तथा मेडिकल मास्क वितरण गर्दै आएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.