www.tandavnews.com
Fact ~ In search of truth

पहिरोले सडक अवरुद्ध हुँदा संक्रमितलाई लिन गएको टोली रोकियो

स्याङ्जा ।

केही दिनदेखि लगातार परेको वर्षाका कारण वालिङ हुवास खण्डको वालिङ नगरपालिका– १४ स्थित पानी ट्याङ्कीमा सडक माथिबाट आएको पहिराले सडक अवरुद्ध भएको छ ।

पहिराका कारण सडक अवरुद्ध हुँदा कोरोना संक्रमित बिरामीलाई उपचारका लागि लिन गएका युवा बाटोमै रोकिएका छन् । हुलकाङस्थित फूलबारीमा कोरोना संक्रमणबाट बिरामी भएका एक पुरुषलाई उपचार गर्न अस्पताल पु¥याउनका लागि लिन गएका वालिङ– ९ का विवेक पराजुली र १४ का याम लुइँटेल सडक अवरुद्ध हुँदा बाटोमै रोकिएका हुन् ।

Batas

वालिङ– १२ का युवा समाजसेवी राजु काफ्ले (ख्याम) ले बिरामी लिन गएका युवा सडक अवरुद्ध हुँदा समयमै बिरामी भएको स्थलसम्म जान नसकिएको र बाटो खुलाउनका लागि नगरपालिकामा खबर गरिएको जानकारी दिए ।

लगातार परेको वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडकका साथै बस्ती जोखिममा परेका छन् भने ग्रामीण सडकमा पहिरो जाँदा सवारी साधन चल्न सकेका छैनन् । रासस
–––

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.