www.tandavnews.com
Fact ~ In search of truth

होटल संघ पोखराको स्पष्टिः’पूर्ण खोप पछि मात्र व्यवसाय खोल्छौँ’

पोखरा/ताण्डव न्यूज ।

पश्चिमाञ्चल होटल संघ पोखराले होटल सञ्चालक, कर्मचारी र मजदूरले कोभिड– १९ विरुद्धको खोप लगाएपछि मात्र व्यवसाय सञ्चालन गर्न सकिने स्पष्ट पारेको छ । संघका अध्यक्ष विकल तुलाचनले एक विज्ञप्ति जारी गरी निषेधाज्ञा हटे पनि होटलका कर्मचारी र परिवारको जीवन जोखिममा राखेर व्यवसाय संचालन नगर्ने स्पष्ट पारेका हुन् ।

विज्ञप्तिमा भनिएको छ– काठमाण्डौं बाहेक अन्य बाहिरी जिल्लाहरुमा पनि अतिथि सेवामा पाहुनाहरुसँग प्रत्यक्ष रुपमा खटिने होटल सञ्चालक तथा कर्मचारीहरुलाई कोभिड विरुद्धको खोप प्रदान गर्न सम्बन्धित निकायमा पटक पटक ध्यानाकर्षण गरेता पनि सो सम्बन्धि सुनुवाई नभएकोले अविलम्ब प्राथमिकताको आधारमा कोभिड विरुद्धको खोप प्रदान गर्न अपिल गर्दछौं ।

Batas

कोभिड १९ को दोस्रो लहरले गत बैशाख १५ गतेबाट उद्योगधन्दा लगायत सम्पूर्ण व्यवसाय र जनजिवन ठप्प रहेको स्मरण गराउँदै विज्ञप्तिमा विभिन्न देशमा आम नागरिकलाई कोभिड १९ विरुद्धको खोप लगाइएको स्थानमा जीवन पुनः लयमा फर्कन थालेको स्मरण गराइएको छ ।

यसै गरी नेपालमा पनि प्राथमिकताको आधारमा पटक पटक खोप कार्यक्रम ल्याइएको भएता पनि काठमाण्डौं केन्द्रित पर्यटन व्यवसायीलाई मात्र प्राथमिकताको आधारमा खोप कार्यक्रम सम्पन्न गरिएको भन्दै यस क्षेत्रका पर्यटन व्यवसायीलाई पनि खोपको प्राथमिकतामा समेट्न संघले आग्रह गरेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.