www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा १७ संक्रमितको मृत्यु,९५९ जना संक्रमणमुक्त

८४२ जनामा कोरोना संक्रमण

पोखरा /ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा १७ कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउनेमा कास्कीका ४,तनहुँका ४,नवलपरासीका ३,स्याङ्जाका २, बागलुङका २ र लमजुङ र म्याग्दीका १/१ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

पछिल्लो समय मृत्यु भएकासँगै प्रदेशमा हालसम्म ६७८ जनाले ज्यान गुमाएका छन् ।

यसैबीच प्रदेशमा आज पनि थपिने संक्रमित बन्ने भन्दा निको हुनेको संख्या धेरै रहेको छ । आज प्रदेशमा ९५९ जना संक्रमणमुक्त भएका छन् । भने आज ८४२ जना कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा १ हजार ८३२ जनाको परीक्षण गर्दा ४९१जना महिला र ३५१ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

आज थपिने संक्रमितमा गोरखाका २४०कास्कीका १५६,बागलुङका ११०,नवलपरासीका ९७ ,स्याङ्जाका ६७,तनहुँका ६१, म्याग्दीका ३८,लमजुङका ३७ र पर्वतका ३६ जना रहेको निर्देशनालयले बताएको छ । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित बन्नेको संख्या ४२ हजार ५ सय २४ पुगेको छ ।

यस्तै संक्रमणमुक्त हुनेको संख्या ३१ हजार १९१ रहेको छ ।हाल प्रदेशमा १० हजार ६५५ सक्रिय संक्रमित रहेका छन । जसमध्ये १० हजार १८५ जना होम आइसोलेसनमा रहेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.