www.tandavnews.com
Fact ~ In search of truth

चीनको ‘सिनोभ्याक’लाई आपतकालिन अनुमति

बेइजिङ ।

विश्व स्वास्थ्य संगठनले कोभिड- १९ विरुद्ध चीनले निर्माण गरेको खोप सिनोभ्याकलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ ।

चीनले विश्व स्वास्थ्य संगठनबाट कोरोना विरुद्ध निर्माण गरेको दोस्रो खोपले मान्यता पाएको हो । यस अघि डब्लूएचओले सिनोफार्मलाई प्रयोग अनुमति दिएको थियो । चिनियाँ दोस्रो खोपले अनुमति पाएसँगै कोभ्याक्स कार्यक्रममा सहभागी हुने बाटो खुल्ला भएको छ । यसबाट खोपको उपलब्धतामा सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ ।

Batas

डब्लुएचओबाट मान्यता पाउनु अघि नै कयौं देशहरुले १८ वर्ष माथिका नागरिकहरुलाई यो खोप लगाइसकेका छन् । पहिलो डोज लगाएको दुईदेखि ४ हप्ताको अन्तरमा दोस्रो खोप लगाउनु पर्ने बताइएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.