www.tandavnews.com
Fact ~ In search of truth

भारतमा दुई महिनायताकै सबैभन्दा कम दैनिक संक्रमण, मृत्यु संख्या पनि घट्यो

नयाँ दिल्ली ।

भारतमा विगत २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) बाट एक लाख १४ हजार व्यक्ति संक्रमित भेटिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ को दोस्रो लहरको मध्यमा दैनिक चार लाखभन्दा बढी संक्रमित भेटिएकामा पछिल्लो संख्या विगत दुई महिनायताकै सबैभन्दा कम दैनिक संक्रमण हो । भारतमा यो सहित कूल दुई करोड ८८ लाख व्यक्ति कोभिड संक्रमित भएका छन् जसमध्ये दुई करोड ७० लाख संक्रमणमुक्त भएका छन् ।

Batas

कोभिड–१९ को दोस्रो लहरबाट सर्वाधिक असर परेको भारतमा विगत २४ घण्टामा थप दुई हजार ६७७ जनाको ज्यान गएको मन्त्रालयको भनाई छ । यो सहित भारतमा कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन लाख ४६ हजार ७५९ पुगेको छ ।

भारतमा अझै पनि १४ लाख ७८ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । विगत २४ घण्टामा कूल सक्रिय संक्रमितको संख्यामा ७७ हजारले कमी आएको छ । विगत केही दिनदेखि सक्रिय संक्रमितको संख्यामा पनि कमी आउन थालेको मन्त्रालयले जनाएको छ ।

गत जनवरी १६ बाट खोप लगाउन थालेको भारतमा हालसम्म २३ करोड १० लाख डोज खोप लगाइएको छ । यसैबीच, भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर हालसम्म ३६ करोड ४० लाख नमुना परीक्षण गरेको जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.