www.tandavnews.com
Fact ~ In search of truth

स्वास्थ्य क्षेत्रका लागि यस्ता छन गण्डकी प्रदेश सरकारका नीति तथा कार्यक्रम

पोखरा /ताण्डव न्यूज ।

आर्थिक वर्ष २०७८ /७९ का लागि गण्डकी प्रदेशको नीति तथा कार्यक्रम अहिले संसदमा प्रस्तुत भैइरहेको छ ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रस्तुत गरिरहेको कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई विषेश जोड दिईएको छ । प्रदेशमा रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी हस्पिटल) मा मुटु, मिर्गौला र क्यान्सर रोगको उपचार व्यवस्था गरिने पौडेलले बताईन् ।

Batas

त्यस्तै नवलपुरको मध्यविन्दू अस्पताल र लमजुङ जिल्ला अस्पतालमा डायलाइसिस सेवा सञ्चालन गर्ने कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको छ । महिलाको स्तन, पाठेघर क्यान्सर तथा आङखस्ने समस्या भएकाहरुको तथ्यांक संकलन गरि निशुल्क उपचारको व्यवस्था गरिने जनाइएको छ ।

पोखरामा ट्रमा सेन्टर स्थापना गरिने प्रदेश प्रमुख पौडेलले बताइन् । यौन हिंसामा परेकालाई व्यावसायीक शिक्षा र उच्च शिक्षा निशुल्क दिइने नीति सरकारको छ । कोभिड खोपको व्यवस्थापनका लागि प्रदेशले केन्द्रसँग समन्वय गर्ने नीति गण्डकी प्रदेश सरकारले लिएको छ ।

कोभिड संक्रमितको उपचारका लागि औषधी व्यवस्था गरिने, अभिभावक गुमाएका बालबालिकाका लागि उचित व्यवस्थापन गरिने कार्यक्रम लिएको छ । आफन्त गुमाएकाहरुलाई आर्थिक राहत दिइने जनाइएको छ । व्यवसाय जीवन रक्षा कोषलाई निरन्तरता दिइने बताइन् ।

संक्रामक तथा सरुवा रोग अस्पताललाई सबै प्रकारका सरुवा रोगको उपचार केन्द्र र सेन्टर अफ अक्सिजनको रुपमा विकास गरिने जनाइएको छ । यस्तै नवजात शिशु र गर्भवती महिलाको उद्दारका लागि एअर लिफ्टिङ सेवालाई निरन्तरता दिने कार्यक्रम प्रदेश सरकारको छ । पूर्ण खोप प्रदेश कार्यक्रमले निरन्तरता पाउने भएको छ ।

५० शैय्याका सबै अस्पतालमा आँखाको उपचार र जेष्ठ नागरिकको उपचार वार्ड सञ्चालन गरिने जनाइएको छ । डायलाइसिस सेवा गुणस्तरीय बनाउने नीति प्रदेश सरकारको छ । स्वास्थ्य बीमा, सरकारको जिम्मा कार्यक्रम अन्तर्गत बीमा गर्न छुटेकालार्य समावेश गरिने सरकारको नीति छ । जिपी कोइराला श्वासप्रश्वास केन्द्रलाई प्रतिष्ठानको रुपमा विकास गर्न पहल गरिने प्रदेश प्रमुख पौडेलले बताइन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.