www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः पोखराका ३ सहित ६ संक्रमितले गुमाए ज्यान,

कास्कीका १३५ सहित २७७ जनामा संक्रमण

hima aus

पोखरा /ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ६ संक्रमितले ज्यान गुमाएका छन् ।

पोखराका ३ सहित प्रदेशका अन्य जिल्लाका गरि प्रदेशमा ६ संक्रमितले ज्यान गुमाएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

ज्यान गुमाउनेमा कास्कीका ३ लमजुङका १, स्याङ्जाका १ र म्याग्दीका १ जना रहेको निर्देशनालयले जनाएको छ ।यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८९५ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा २७७ जना संक्रमित थपिएका छन् । निर्देशनालयको अनुसार कास्कीका १३५, म्याग्दीका ४, पर्वतका ८,गोरखाका १८,लमजुङका १७,तनहुँका २४, बागलुङका ७, स्याङ्जाका ३४र नवलपरासीका ३० जनामा संक्रमण पुष्टि भएको हो ।

classic tech

१३३ महिला र १४४ पुरुष गरि सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित बन्नेको संख्या ५२ हजार ६९१ पुगेको छ ।

यस्तै आज ६५५ संक्रमित निको भएर घर फर्केका छन् । यो संख्या सँगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४८ हजार ४२९ रहेको छ ।

हाल प्रदेशमा ३हजार ३६७ सक्रिय संक्रमित छन् । जसमध्ये २ हजार ९९१ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
covid 19 tandav