www.tandavnews.com
Fact ~ In search of truth

बन्द प्रशिक्षणका लागि ५० फुटबल खेलाडी छनोट

काठमाडौं ।

साफ फुटबल च्याम्पियनशिप र एएफसी एशियन कपको छनोटको तयारी गर्न बन्द प्रशिक्षणका लागि ५० खेलाडी छनोट गरिएको छ ।

राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रारम्भिक टोली घोषणा गरेका हुन। टोलीले आगामी सातादेखि प्रशिक्षण शुरु गर्नेछ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० का अनुसार सो प्रशिक्षण एन्फा कम्प्लेक्स सातदोबाटोमा शुरु हुनेछ । प्रशिक्षण दुई चरणमा हुनेछ ।

Batas

एउटा टोलीले बिहान तथा अर्को टोलीले अपराह्न अभ्यास गर्नेछ । छनोट गरिएका खेलाडीहरूमा अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार, दीप कार्की, किरणकुमार लिम्बू, आशिष लामा, अभिषेक रिजाल, अमित तामाङ र अनन्त तामाङ रहेका छन ।

यसैगरी अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, दोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्जप्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्चेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत र निशान खड्का पनि बन्द प्रशिक्षणका लागि छनोटमा परेका छन् ।

यस्तै छनोट गरिएका अन्य खेलाडीहरूमा नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजीन धिमाल, राजीव लोप्चन, रन्दीप पौडेल, रवि पासवान, रोहित चन्द, सन्जोक राई, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, शिशिर लेखी, सुदील राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरज ज्यु ठकुरी, तेज तामाङ र त्रिदेव गुरुङ रहेका एन्फाले जनाएको छ ।

साफ च्याम्पियनशिप आगामी सेप्टेम्बर १४ देखि २५ तारिखसम्म बङ्गलादेशमा हुनेछ भने एशियन कपको अन्तिम छनोट सन् २०२२ को फेब्रुअरीमा हुनेछ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.