www.tandavnews.com
Fact ~ In search of truth

पर्वतको भोर्ले एक हप्ताका लागि सिल

पर्वत ।

पर्वतको पैंयु गाउँपालिका–७ भोर्ले एक हप्ताका लागि सिल गरिएको छ । एउटै वडाका कोभिड शंकास्पद ५० जनाको एन्टिजेन परीक्षणमा २० जनामा कोरोना संक्रमण पुष्टि भएपछि असार १५ गतेसम्मका लागि सिल गरिएको हो ।

पैंयु गाउँपालिकाको सिफारिसमा कोभिड व्यवस्थापन समिति पर्वतको आजको बैठकले जोखिमयुक्त क्षेत्र घोषणा गरेको हो । साबिक भोर्ले गाविस–४ र ५ क्षेत्रमा पर्ने हिले गाउँको पूर्वमा तुलसीखर्क वन, भूमिचोक, पश्चिममा स्वामीडाँडा, भुवनगैरा, उत्तरमा स्वामिडाँडा, भोर्लेखोला, खरिबोट, दक्षिणमा अमलपोखरी, आङमाङ तथा खोलाभित्र पर्ने चार किल्लालाई जोखिमयुक्त क्षेत्र तोकिएको हो ।

Batas

उक्त क्षेत्रका नागरिक एक सातासम्म अत्यावश्यक कामबाहेक हिँड्डुल नगर्ने, बाहिरी क्षेत्रबाट उक्त गाउँमा प्रवेश नगर्ने, एम्बुलेन्स, दमकल शववाहन तथा स्वास्थ्य सामग्री बोकेका सवारी साधनबाहेक अन्य सवारीसाधनहरू उक्त क्षेत्रमा सञ्चालन नगर्न प्रशासनले आदेश दिएको छ । उक्त आदेशको अवज्ञा गरे कानूनबमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिए ।

मंगलबार गरिएको परीक्षणमा एउटै बस्तीमा ठूलो संख्यामा संक्रमित भेटिएपछि गाउँ सिल गरिएको पैंयु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले जानकारी दिए। उनले स्थानीय नागरिकलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिएको समेत बताए । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.