www.tandavnews.com
Fact ~ In search of truth

कुँवरप्रति श्रद्धाञ्जलि स्वरुप सबै जिल्लाका कार्यालय तीन दिन बन्द गर्ने काँग्रेसको निर्णय

काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाल ट्रेड युनियन कांग्रेसका सल्लाहकार रामजी कुँवरप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन ।

युनियनका पूर्ववरिष्ठ उपाध्यक्षसमेत रहेका कुँवरको सोमबार साँझ ६५ वर्षको उमेरमा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको थियो । शुरुमा कोरोना संक्रमण देखिए पनि पछिल्लो समय उनको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

Batas

ट्रेड युनियन कांग्रेसको केन्द्रीय कार्यालय अनामनगमा आज बिहान पुगेर महामन्त्री कोइरालालगायत कांग्रेसका नेताहरुले कुँवरप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।

आज बिहान ८ः३० देखि १० बजेसम्म केन्द्रीय कार्यालयमा राखिएको श्रद्धाञ्जलि कार्यक्रममा महामन्त्री कोइरालासहित पूर्वमहामन्त्री प्रकाशमान सिंह, सहमहामन्त्री सुनिलबहादुर थापा, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा मीनेन्द्र रिजाल, गगनकुमार थापा, बद्री पाण्डे, प्रधानमन्त्रीका प्रमुख राजनीति सल्ल्लाहकार विष्णु रिमाल, नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य एवम् संयुक्त टे«ड युनियन समन्वय केन्द्रका अध्यक्ष जगत सिंखडा, कांग्रेस कास्कीका सभापति कृष्ण केसीलगायतले श्रद्धाञ्जलि अर्पण गरेका थिए।

यसैबीच, सोमबारै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य डा शेखर कोइरालाले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर स्व कुँवरको परिवारजनमा समवेदना प्रकट गरेका थिए। लामो समयदेखि नेपालको ट्रेड युनियन आन्दोलनमा होमिएका स्व. कुँवर विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिका प्रमुखको प्रत्याशी थिए । उनी कांग्रेसको १२औँ महाधिवेशनपछि पार्टीको आमन्त्रित केन्द्रीय सदस्य बनेका थिए।

यसैबीच, नेपाल ट्रेड युनियन कांग्रेसको आज बसेको आकस्मिक बैठकले कुँवरको निधनले नेपालको प्रजातान्त्रिक र श्रमिक आन्दोलनमा ठूलो क्षति पुगेको बताएको छ । बैठकले कुँवरको निधनप्रति केन्द्रीय कार्यालयसहित सम्पूर्ण जिल्ला कार्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको उपाध्यक्ष अजयकुमार राईले जानकारी दिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.