www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः पोखरामा उपचाररत ५ संक्रमितको मृत्यु

३५२ संक्रमित निको भए,२६९ जनामा संक्रमण

पोखरा/ ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा थप ५ संक्रमितले ज्यान गुमाएका छन् । पोखराका ४ र पर्वतका १ गरि ५ संक्रीमतको ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

उनीहरु पाँचै जनाको पोखराको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको थियो ।यो सँगै गण्डकीमा संक्रमणबाट मृत्यु हुनको संख्या ९८१ पुगेको छ ।

Batas

यस्तै पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा २६९ जना संक्रमित थपिएका छन् ।स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशकोे अनुसार कास्कीका ८६,म्याग्दीका ११, पर्वतका ५, गोरखाका ३३,लमजुङका ३२,तनहुँका ९, स्याङ्जाका ४५ र नवलपरासीका ४८ जनामा संक्रमण पुष्टि भएको हो ।

१३४ महिला र १३४ पुरुष गरि सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित बन्नेको संख्या ५८ हजार ३४८ पुगेको छ ।

सोही समयमा आज ३५२ संक्रमित निको भएर घर फर्केका छन् । यो संख्या सँगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५४ हजार २०४ रहेको छ ।

हाल प्रदेशमा ३ हजार १६३ सक्रिय संक्रमित छन् । जसमध्ये २ हजार ८०९ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.