www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः ४२६ संक्रमित निको भए, थपिए २७७ जना

पोखरा/ ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा पछिल्लो अपडेट अनुसार २७७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार कास्कीका ११२,म्याग्दीका २६,पर्वतका १७,गोरखाका ३१,बागलुङका १९, स्याङ्जाका १८ र नवलपरासीका ३२ जना रहेका छन् ।

१३३ महिला र १४४ पुरुष गरि सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित बन्नेको संख्या ५९ हजार ४४१ पुगेको छ ।

Batas

यस्तै पछिल्लो तथ्यांक अनुसार गण्डकी प्रदेशमा १ संक्रमितले ज्यान गुमाएका छन् । पोखराका ज्यान गुमाउनेमा नवलपरासीका १ जना रहेको निर्देशनालयले जनाएको छ । यो सँगै गण्डकीमा संक्रमणबाट मृत्यु हुनको संख्या १००२ पुगेको छ ।

सोही समयमा आज ४२६ संक्रमित निको भएर घर फर्केका छन् । यो संख्या सँगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५५ हजार ६९८ रहेको छ ।

हाल प्रदेशमा २ हजार ७४१ सक्रिय संक्रमित छन् । जसमध्ये २ हजार ५१६ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.