www.tandavnews.com
Fact ~ In search of truth

पत्रकार कृष्ण अञ्जान ज्ञवालीलाई मातृशोक

पोखरा/ताण्डव न्यूज

गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ थोर्गा च्युरेक निवासी मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकीका संस्थापक अध्यक्ष कृष्ण अञ्जान ज्ञवालीलाई मातृशोक परेको छ ।

उनकी आमा यज्ञकला ज्ञवालीको यही श्रावण ५ गते ७१ वर्षको उमेरमा निधन भएको हो ।स्वर्गीय ज्ञवालीका तीन छोरा कृष्ण, प्रकाश, विनोद र तीन छोरी सुशीला, अञ्जु र सङ्गीताका साथै नातिनातिना रहेका छन् ।

Batas

उनका पति भोजराज ज्ञवालीको लोकतान्त्रिक नेपाल निर्माणका नाममा भएको शसक्त विद्रोहका समयमा विद्रोहीको क्रसफायरमा २०६० कार्तिक ९ गते निधन भएको थियो ।

यसैबीच मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकीले शोक विज्ञप्ति जारी गर्दै यमकलाको निधन प्रतिशोक व्यक्त गरेको छ ।संघका महासचिव सुशील श्रेष्ठले शोक विज्ञप्ति जारी विज्ञप्तिमा आफ्ना पति गुमाउनु परेको अवस्थामा पनि आफूलाई सती साल झैँ अडिग राखेकी ज्ञवालीको दुःखद निधनले संघलाई अपूरणीय क्षति पुगेको बताइएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.