www.tandavnews.com
Fact ~ In search of truth

बाँदर धपाउन गएका गोरखाका गुरुङ मृत भेटिए

पोखरा/ताण्डव न्यूज ।

गोरखाको धार्चेमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । धार्चे गाउँपालिका वडा नं २ केरौँजाका ३७ वर्षीय काले गुरुङ मृत भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

यहि श्रावण २१ गते विहान ८ बजेदेखि घरबाट बाँदर धपाउन केरौँजा स्थित मकै बारीतर्फ गएका गुरुङ साँझ अवेरसम्म पनि घर नफर्केपछि खोजी गरिएको थियो । प्रहरीले खोजी गर्ने क्रममा उनी आज विहान साढे ९ बजे मृत अवस्थामा फेला परेका हुन् । घरदेखि करिब २ किलोमिटर पूर्व खाम्चे खोलामा उनको शव भेटिएको थियो ।

Batas

बाँदर धपाउने क्रममा चिप्लीएर करिब १५० मिटर अग्लो भीरबाट खोलामा खसेको अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेकोे प्रहरी वरिष्ठ उपरिक्षक नरबहादुर केसीले जानकारी दिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.