www.tandavnews.com
Fact ~ In search of truth

कोरोना गण्डकीः पछिल्लो २४ घन्टामा २ सय ८८ जना पोजेटिभ

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशमा थप २ सय ८८ जनामा पोजेटिभ रिपार्ट देखिएको छ ।

रिपार्ट आएका मध्ये कास्कीका १ सय ७५, तनहुँका २५, गोरखाका १७, लमजुङका ९, नवलपुर ८, स्याङ्जाका २१, बागलुङका २ र म्याग्दीका ३१ जनाको रिपार्ट पोजेटिभ आएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आइतबारमात्रै गण्डकीमा थप ७ जनाको मृत्यु भएको निर्देशनालयकाले जनाएको छ । मृत्यु हुने मध्ये कास्कीका ३, स्याङ्जा २, तनहुँ १ र म्याग्दीका १ जना रहेको छ । यससँगै हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७८ हजार ७ सय ५७ रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Batas

साथै पछिल्लो २४ घन्टामा थप १ हजार ९ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा थप ९ हजार ४ सय ४३ जनाको पिसिआर परीक्षण तथा ३ हजार ७३ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । जसमा पिसिआर विधिबाट १ हजार ७ सय २ तथा एन्टिजेनबाट २ सय १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा देशभर २ हजार २ सय ४८ संक्रमित निको भएका छन् । हालसम्म ६ लाख ९८ हजार १ सय ७३ जना कोरोनाबाट मुक्त भएका छन् । निको हुने दर ९३ दशमलव ४ प्रतिशत रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ५१ रहेको छ ।

बितेका २४ घन्टमा देशभर १८ हजार ३ सय २२ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर ६ सय ८१ संक्रमितको सघन उपचारकक्षमा तथा १ सय ६९ संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घन्टाको समय देशमा कोरोना भाइरसको संक्रमणबाट थप २४ संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ५ सय ९ पुगेको मन्त्रालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.