www.tandavnews.com
Fact ~ In search of truth

काबुल विमानस्थलमा गोली हानाहानः १ अफगानी सुरक्षाकर्मीको मुत्यु

अफगानिस्तानको काबुल विमानस्थलको प्रवेशद्वार नजिकै गोली हानाहान हुँदा कम्तीमा १ जनाको ज्यान गएको छ । घटनामा अन्य ३ जना घाइते भएका छन् ।

पहिचान नखुलेका बन्दुकधारी र विमानस्थलको प्रवेशद्वारमा रहेका सुरक्षाकर्मीबीच गोली हानाहान हुँदा १ अफगानी सुरक्षाकर्मीको ज्यान गएको बिबिसीले जनाएको छ । गोली हानाहानमा अमेरिकी र जर्मन सुरक्षाकर्मी पनि सहभागी थिए ।

तालिबानले काबुल नियन्त्रणमा लिएपछि भएको गोली हानाहान तथा भागदौड र हवाई जहाजबाट खसेर कम्तीमा २० जनाको ज्यान गइसकेको रोयटर्सले जनाएको छ । एजेन्सी

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.