www.tandavnews.com
Fact ~ In search of truth

साफ च्याम्पियनसिपः राष्ट्रिय फुटबल टिममा २५ जना खेलाडी छनोट

नेपाली राष्ट्रिय फुटबल टिमका लागि २५ जना खेलाडी छनोट गरिएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अभिषेक रिजाल, अर्पण कार्की र शिशिर लेखीलाई बाहिर राख्दै मंगलबार २५ जना खेलाडी छनोट गरेको एन्फाले जनाएको छ ।

साफ च्याम्पियनसिप र भारतविरुद्धको मैत्रीपूर्ण खेलको तयारीमा रहेको नेपाली टिम हाल पोखरामा बन्द प्रशिक्षणमा छन् । नेपालले यही भदौ १७ र २० गते दशरथ रंगशालामा २ मैत्रीपूर्ण खेल खेल्दैछ । यस्तै साफ च्याम्पियनसिप असोज १५ गतेदेखि माल्दिभ्समा हुँदैछ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.