www.tandavnews.com
Fact ~ In search of truth

दल दर्ता प्रक्रिया पूरा गर्न माधवकुमार नेपालसहितका नेता निर्वाचन आयोगमा

माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा ‘एकीकृत समाजवादी’ का नेताहरु दर्ता प्रक्रिया पूरा गर्न निर्वाचन आयोगमा एकत्रित भएका छन् । नेता नेपालसहितका उनका सहयोगीहरू सो प्रयोजनका लागि आवश्यक दस्तावेजका साथ सनाखत गर्न आयोग पुगेका हुन् । यसअघि नेपालसहितका नेताले आयोगमा नयाँ दल दर्ताका लागि आवेदन दिएको थियो । आयोगले आवेदन गरेका सबैलाई सनाखतका लागि आज बोलाएको हो ।

प्रस्तावित दलका नेता जगन्नाथ खतिवडाले दल दर्ताका निम्ति गणपूरक संख्या पुग्ने सदस्यहरूका साथ आफूहरू आयोगमा उपस्थित भएको बताए । उनीहरूका साथमा प्रदीपकुमार नेपाल पनि छन् ।

यसैगरी महन्थ ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका आवेदनकर्ताहरू पनि सनाखतका लागि आयोगमा उपस्थित छन् । ठाकुर नेतृत्वको पार्टीले ३० सदस्यीय कार्यसमिति प्रस्ताव गरेको नेता राजेन्द्र महतोले जानकारी दिए । रासस

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.